Esewanews

सेयर बजार नाघ्यो २८ सय अंक, बढे सबै सूचक

Author Esewanews बुधबार, २५ चैत २०८२

views
सेयर बजार नाघ्यो २८ सय अंक, बढे सबै सूचक

बुधबार सेयर बजारले २८ सय अंक नाघेको छ । अघिल्लो दिन २.६१ अंक घटेको बजार आज ४५.१२ अंक बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २८०२ अंकमा कायम भएको छ । बन्द हुँदाको यो अंक नै कारोबार अवधिभरको अधिकतम हो ।

 

कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ६ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३१ करोडको भयो । २५१ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.८७ प्रतिशत बढ्यो ।

 

जीवन बीमा १.३१, माइक्रोफाइनान्स १.२८, निर्जीवन बीमा १.०१, अन्य ०.१५ तथा व्यापार ०.६१ प्रतिशत बढे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक छन् ।

 

सान्भी इनर्जीको ९.२२ तथा बन्दीपुर केबुलकारको मूल्य ८.१८ प्रतिशत बढ्यो । स्वेत गंगा हाइड्रोपावरको ४.३५, माइखोला हाइड्रोपावरको ३.२३ तथा थ्रीस्टार हाइड्रोपावरको २.२८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्६, एनआरएन इन्फ्रास्ट्रक्चर र नेसनल हाइड्रोपावर छन् ।

 

 

© 2026 esewanews.com.np All rights reserved.