Esewanews

साउदी अरबले भन्योः अवरोध कायमै

Author Esewanews शुक्रबार, ०६ चैत २०८२

views
साउदी अरबले भन्योः अवरोध कायमै

होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् ।

द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो ।

 

फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य केही समयका लागि प्रति ब्यारेल ११९ डलरको नजिक पुगेर फेरि घटेको थियो।

रियादस्थित किङ फैसल सेन्टर फर रिसर्च एन्ड इस्लामिक स्टडिजका साउदी अरबको विदेश नीतिका विशेषज्ञ उमेर करिमले अलजजिरालाई बताएअनुसार, युद्ध यसरी नै अगाडि बढिरहे तेलको मूल्य प्रति ब्यारेल कम्तीमा १५० डलर पुग्ने सम्भावना उनले औंल्याए ।

साउदी अरबले खाडीबाट १,००० किलोमिटरभन्दा बढी दूरीमा रहेको लाल सागरको यान्बु बन्दरगाहबाट तेल निर्यातलाई निरन्तरता दिइरहेको छ ।

खाडीभरिका ऊर्जा केन्द्रहरू इरान र इजरायल दुवैको आक्रमणको सिकार भइरहेकाले यो बन्दरगाह पनि निशाना बन्न सक्ने साउदी अधिकारीहरूको आशंका छ ।

 

‘सबैभन्दा खराब अवस्थाको परिकल्पना गर्दा, रास लाफान सन् २०२६ सम्म पुनः सञ्चालनमा नआउन सक्छ, जसको अर्थ २०२६ मा एलएनजीको आपूर्ति हामी २०२१ मा जति थियौं, लगभग त्यही स्तरमा पुग्नेछ,’ उनले भनिन्।

© 2026 esewanews.com.np All rights reserved.