कक्षा ६ मा अध्ययनरत देशका सबै बालिकाले एचपीभी खोप पाउने ।
Esewanews
|
मङ्गलबार, १० असार २०८२
नेपाल–देशैभरी कक्षा ६ मा अध्ययनरत सबै बालिकाले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप पाउने छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सोमबार प्रतिनिधिसभामा सांसदहरूले सोधेको जवाफ दिँदै कक्षा ६ मा अध्ययन गर्ने सबै बालिकालाई एचपीभी खोप दिइने बताएका हुन । स्वास्थ्य मन्त्री पौडेलका अनुसार अव देशका सबै स्थानीय तहमा मानसिक स्वास्थ्य कार्यक्रम, विद्यालय स्वास्थ्य कार्यक्रम, सङ्क्रामक रोग तथा महामारी व्यवस्थापन, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रजनन सम्बन्धी कार्यक्रम लागु गर्ने वताएका छन् ।