Esewanews

चिनवाट आयात लसुनले हैरान भन्सार अधिकारीहरु ।

Author Esewanews शुक्रबार, ०२ फागुन २०८१

views
चिनवाट आयात लसुनले हैरान भन्सार अधिकारीहरु ।

नेपालपछिल्ला केही महिनाहरूमा चिनवाट अस्वाभाविक रुपमा लसुन आयात भएको छ । भन्सार अधिकारीहरुका अनुसार अर्वौ रकम वरावरको लसुन नेपाली वजारमा भित्रीएको वताउछन् । लसुनको अस्वाभाविक आयातले आफूहरूलाई आश्चर्यमा पारेको सरकारी अधिकारीहरूले बताएका छन् । चालु आर्थिक वर्षको सुरुका छ महिनाको तथ्याङ्क हेर्दा ६ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको लसुन नेपाल आयात भएको छ । तथ्याङक अनुसार प्रतिमहिना औसतमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन भित्रिएको देखिन्छ। आर्थिक वर्ष २०७६/०७७ मा ३१ करोड ५३ लाख रुपैयाँ र आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब पाँच करोड ९५ लाख रुपैयाँ आर्थिक वर्ष २०७८/०७९ मा एक अर्ब पाँच करोड ३३ लाख रुपैयाँ र २०७९/०८० मा एक अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको लसुन आयात भएको देखाउछ भने आर्थिक वर्ष २०८०/०८१ मा दुई अर्ब २२ करोड ५२ लाख रुपैयाँ बराबरको लसुन आयात भएकामा चालु आर्थिक वर्षको पहिलो छ महिनामा चाहिँ उच्च परिमाणमा लसुन भित्र्याइएको विभागका निर्देशकले वीवीसी नेपालीलाई वताएका हुन । अधिकारीहरुका अनुसार चीनबाट आयात गरीएको लसुन अवैध माध्यमबाट भारत निर्यात गरिएको देखिन्छ । छ महिनामा छ अर्ब रुपैयाँभन्दा बढीको लसुन खपत गर्ने हाम्रो अवस्था देखिँदैन । लसुनको अवैध व्यापार भइरहेको जस्तो देखिन्छ । भारतमा उत्पादन कम भएर माग बढेका बेला नेपालबाट चिनियाँ लसुनको अवैध निकासी बढेको हुन सक्ने भन्सार विभागकाका अधिकारीहरुको आकलन छ । अस्वाभाविक लसुन आयातवारे थप अनुसन्धान भइराखेको छ । स्रोत वीवीसी नेपाली ।

© 2026 esewanews.com.np All rights reserved.