कैलालीमा १३ वर्षीया वालिकामाथि सामुहीक वलात्कार ।
Esewanews
|
सोमबार, २८ माघ २०८१
नेपाल–कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । मोहन्याल घर भएर बर्दगोरिया गाउँपालिका–२ को झगडपुरमा डेरा गरी बस्ने १३ वर्षीया बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको प्रहरी अधिकारी बताएकाछन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कबिन्द्र सिंह बोहराले बालिकामाथि सामूहिक रुपमा जबरजस्तीकरणी गर्ने दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ बस्ने ४४ वर्षीय गोपाल विक र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेको बताइएको छ । श्रोत अनलाईन खवर ।