Esewanews

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटनामा परी २३ घाइते ।

Author Esewanews आइतबार, २७ माघ २०८१

views

नेपाल–नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनामा परेको छ । दुर्घटनामा २३ जना घाइते भएको जानकारी प्राप्त भएको छ । नेपालगञ्जवाट काठमाडौँ आउँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिनुभयो । टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी अधिकारीहरुले बताएका छन् ।– रासस

© 2026 esewanews.com.np All rights reserved.