Esewanews

टी२० विश्वकपको अन्तिम खेलमा नेपाल बाङ्ग्लादेशसँग पनि पराजीत ।

Author Esewanews सोमबार, ०३ असार २०८१

views
टी२० विश्वकपको अन्तिम खेलमा नेपाल बाङ्ग्लादेशसँग पनि पराजीत ।

नेपालटी-२० विश्वकप अन्तर्गत लीगको अन्तिम खेलमा नेपाल बाङ्ग्लादेश सँग पराजित भएको छ। नेपालले बलिङ राम्रो गरे पनि खेल भने जित्न सकेन। यो हार सँगै नेपालले टेस्ट राष्ट्र बाङ्ग्लादेशलाई पराजित गर्ने अबसर समेत गुमाएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले राम्रो बलिङ गर्दै बाङ्ग्लादेशलाई १९.३ ओभरमा १०६ रनमा अलआउट गरेको थियो।१०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा अल आउट हुँदै ८५ रनमा सीमित हुन पुग्यो। द नेदरल्यान्डस्, दक्षिण अफ्रिका र बाङ्ग्लादेशसँग पराजित भएको नेपालले वर्षाले रद्ध भएको श्रीलङ्का विरुद्धको खेलबाट १ अङ्क पाएको थियो। यो खेल सँगै नेपालको अमेरिका/वेस्ट इन्डिज विश्वकप यात्रा टुङ्गिएको छ। नेपाली खेलाडीहरुको अथक मिहेनत र प्रशिक्षक मोन्टी देसाइको प्रशिक्षणले गर्दा नेपाली क्रकेटले बिश्वकप सम्मको यात्रा तय गरे पनि नेपाल सरकारको प्राप्त ध्यान खेल क्षेत्रमा नहुँदा त्यसको असर खेल क्षेत्रका देखिएको छ । हामीले प्रतिफल राम्रो खोज्ने तर त्यस अनुसारको तयारी नहुनु नेपालका लागी नौलो बिषय होइन यस बारे सम्वन्धित क्षेत्रको समयमै गम्भिर ध्यान जान जरुरी छ।

© 2026 esewanews.com.np All rights reserved.