Esewanews

उत्तरी गाजामा सहायता पठाउन इजरेलको निरन्तर अवरोध।

Author Esewanews बिहिबार, २४ फागुन २०८०

views
उत्तरी गाजामा सहायता पठाउन इजरेलको निरन्तर अवरोध।

नेपालगाजामा रहेको हमास र इजरेल बिचको युद्धले गर्दा लाखौ गाजा बासिहरु पिडामा परेकाछन्। यसै विच गाजामा खाद्यान्न सहायता पुर्‍याउन पछिल्लो दुई साताको अवधिमा गरिएको पहिलो प्रयास समेत इजरेलले अवरोध पुर्‍याएको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले बताएको छ।खाद्यान्न सहायता बोकेका १४ वटा लरीलाई आईडीएफले एउटा सुरक्षा जाँच स्थलमा फिर्ता पठाइदियोर पछि सहायताको व्यग्र प्रतीक्षामा रहेकामानिसहरूले ती सामग्री लुटेर गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्।उत्तरी गाजामा भोकमरीका कारण बालबालिका ज्यान गुमाइरहेका छन् उक्त क्षेत्रमा इजरेली फौजले सहायता पुर्‍याउन समेत रोकेको छ।इजरेली फौजले गोली चलाउँदा दर्जनौँ मारिएका प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन्।

© 2026 esewanews.com.np All rights reserved.