Esewanews

डीडीसीले दुध संकलन रोक्यो बाँकि भुक्तानि रकम पनि दिएको छैन।

Author Esewanews शनिबार, ०५ फागुन २०८०

views

नेपालडीडीसीको दुध संकलन केन्द्र रुपन्देही तिलोत्तमा स्थित मणिग्राम, अमुवा, नवलपरासीको बासा, सुनवल, गुल्मीको वलेटक्सार, कपिलवस्तुको चन्द्रौटा र महाराजगन्जमा छन्। उक्त संकलन केन्द्रबाट दैनिक १५ हजार लिटरभन्दा बढी दुध संकलन अहिले रोकिएको छ।डीडीसी लुम्बिनीले संकलन गरेको दुधमध्ये ३ हजार लिटर आफैले  खपत गर्ने र बाँकी चितवन, पोखरा लगायतका निजी उद्योगमा बिक्री गर्ने गर्दछ तर पछिल्लो समय तीमध्ये केही उद्योग बन्द रहेको र केही मेसिन बिग्रिएको कारण देखाउँदै डीडीसीले लुम्बिनीका किसानबाट दुध संकलन रोकेको छ। डीडीसीले केही वर्ष अगाडिसम्म खरिद गरेको दुधको रकम तुरुन्तै दिने गर्दथ्यो तर पछिल्लो समय दुधको रकम भुक्तानी बाँकी राख्न थाल्यो छ। दुग्ध विकास संस्थान लुम्बिनीले ६० वटा सहकारीलाई दुधको भुक्तानी दिन बाँकी छ जसले गर्दा दुग्ध किसानहरुले दुधको भुक्तानि पाएका छैनन् भने दुध संकलन रोकिँदा र दुधले बजार नपाउँदा साना किसान मारमा परेका छन् । दुग्ध विकास संस्थान लुम्बिनीका अधिकारीहरुका अनुसार अहिले दुध खरिद गरेबापत १० करोड रुपैयाँ तिर्न बाँकी रहेको बताएका छन् ।

© 2026 esewanews.com.np All rights reserved.