Esewanews

पहिलो पटक कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सकहरुको सफलता।

Author Esewanews बिहिबार, १८ माघ २०८०

views

नेपालत्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले कलेजो प्रत्यारोपण गरेका छन् कलेजो प्रत्यारोपण विशेषज्ञ प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा पुस २७ गते कलेजो प्रत्यारोपण सम्पन्न भएको हो प्रत्यारोपणका ागि ११ घण्टा समय लागेको हो यो नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो सफलता मानिकएको छ। कलेजो प्रत्यारोपण विशेषज्ञ डा. भण्डारीले बताउनु भएअनुसार २०७२ सालदेखि नै तयारी थालिएको थियो विशेषज्ञ डा. भण्डारीका अनुसार ४१ वर्षीय पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो प्रदान गरेकी हुन्शिक्षण अस्पतालमा नेपाली चिकित्सकबाटै महिनाको एउटा प्रत्यारोपण गर्ने लक्ष्य राखेको चिकित्सकले बताएका छन् नेपालमा प्रत्यारोपण गर्न २५ देखि ३० लाख रुपैयाँसम्म खर्च हुन्छ नेपालमा यकिन तथ्यांक नभए पनि जनसंख्याको अनुपात र उपचारका लागि आउने बिरामीको संख्या हेर्दा वार्षिक दुईदेखि तीन सय जनालाई प्रत्यारोपण गर्नुपर्ने हुन सक्छ। यसलाई नेपालको स्वास्थ्य क्षेत्रकै लागि गर्व गर्न लायकको पल भएको चिकित्सकहरुले बताएका छन् विश्वमै कठिन मानिने कलेजो प्रत्यारोपण २०७३ सालयता नेपालमा सुरु भए पनि विदेशी विज्ञहरूको भर पर्नुपर्ने बाध्यता छ हालसम्म नेपालमा १८ जनाको कलेजो प्रत्यारोपण गरिएको

© 2026 esewanews.com.np All rights reserved.