Esewanews

हूथी विरुद्ध अमेरिका र यूकेको संयुक्त हवाई आक्रमण।

Author Esewanews शनिबार, २८ पुस २०८०

views

नेपालयूके र अमेरिकी फौजले यमनमा हूथी विरुद्ध संयुक्त हवाई आक्रमण सुरु गरेका छन्।हूथी विद्रोहीलाई इरानले समर्थन गरेको बताइन्छ। अमेरीकाका अनुसार द नेदरल्यान्डस्, अस्ट्रेलिया र बाहरेनले यो मिसनका लागि सहयोग गरेका छन्।हूथी उपविदेश मन्त्री हुसेन अल-इजीले खुलमखुला आक्रमणकोअमेरिका र यूकेले ठूलो मूल्य चुकाउनुपर्नेचेतावनी दिएका छन्।अमेरिकी युद्धपोतले तोमाहक क्रुज क्षेप्यास्त्र प्रहार गरेको र आफ्ना विमानले राजधानी सना सहितका १२ स्थानमा आक्रमण गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्।साइप्रसको हवाई अखडाबाट आएका चार वटा आरएएफ टाइफुन जहाजले हूथीका दुई वटा निसानामा आक्रमण गरेको अमेरिकी अधिकारीहरूको दाबी छ।

© 2026 esewanews.com.np All rights reserved.