Esewanews

रुसी सेनामा रहेका ३ जना नेपालीको मृत्यु।

Author Esewanews बुधबार, १८ पुस २०८०

views

नेपाल–रुसी सेनामा भर्ती भएका थप तीन नेपालीको मृत्यु भएको समाचार आएकाछन् । थप तिन जनाको मृत्यु सँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । परराष्ट्र मन्त्रालयले थप ३ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी रहेका छन् । रुसी सेनामा भर्ती भएका नेपालीहरूको अवस्था बुझ्न परराष्ट्रमन्त्री एनपी साउद रुस जाने खबरहरु बाहिर आएकाछन् । नेपाल सरकारले रुसी सेनामा नेपालीलाई सामेल नगर्न र भर्ना भएकाहरूलाई समेत यथाशीघ्र फिर्ता गर्न पटक–पटक आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यसअघि नै करिब दुई सय नेपाली रुसी सेनामा भर्ना भएको उल्लेख गरिसकेका छन् ।

© 2026 esewanews.com.np All rights reserved.