डेडिकेटेड लाइनको महसुल नबुझाउने उद्योगको लाइन काटीयो।
Esewanews
|
शनिबार, ०७ पुस २०८०
नेपाल–नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड लाइनको
बक्यौता नतिरेका उद्योगहरुको लाइन शुक्रबार काटेको छ। बिहीबार मात्र प्रधानमन्त्री
पुष्पकमल दाहालले डेडिकेटेट लाइनको बक्यौता कुनै पनि हालतमा उठाउन निर्देशन दिएका
थिए।प्राधिकरणका अनुसार डेडिकेटेड लाइनको जगदम्बाले मात्र ४ अर्ब १४ करोड तिर्न
बाँकी छ । रिलायन्सले १ अर्ब ९४ करोड तिर्न बाँकी छ । घोराही सिमेन्टको १ अर्ब ३६
करोड बक्यौता रहेको छ । अर्घाखाँचीको १ अर्ब ३० करोड बक्यौता रहेको प्राधिकरणले
जनाएको छ ।