नेपाल सरकारको ऋण २३ खर्ब नाघ्यो।
Esewanews
|
बिहिबार, ०५ पुस २०८०
नेपाल–नेपाल सरकारको सार्वजनिक ऋणको आकार २३
खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ पुगेको छ। जसमध्य आन्तरिकतर्फ ११ खर्ब ९७
अर्ब ५७ करोड २२ लाख रुपैयाँ रहेको छ भने बाह्यतर्फ ११ खर्ब ७३ अर्ब ६८ करोड ७३
लाख रुपैयाँ भुक्तान बाँकी रहेको छ । नेपाल सरकारको पाँच महिनामा आन्तरिक र बाह्य गरी कूल १ खर्ब
३१ अर्ब २८ करोड २ लाख रुपैयाँ ऋण लिएको छ। जसमध्ये अधिकतम ८४.७९ प्रतिशत अर्थात्
१ खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । बाँकी १९ अर्ब ९७ करोड २
लाख रुपैयाँ बाह्य ऋण उठाएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म सार्वजनिक
ऋण कूल २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो ।