Esewanews

भारतको प्रतिबन्ध पछि ब्यापारीहरुले चिनबाट प्याज ल्याउन थाले।

Author Esewanews सोमबार, ०२ पुस २०८०

views

नेपालभारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरुले चीनबाट प्याज आयात सुरु गरेका छन्। भारतले २१ मंसिरदेखि प्याज निर्यातमा रोक लगाएको थियो ।चीनको केरुङबाट नेपालका लागि आयात सुरु गरिएको र पहिलो खेपको १०० टन प्याज बाटोमा रहेको बताए अधिकारीहरुले बताएका छन्।तातापानी भन्सार कार्यालयका अधिकारीहरुका अनुसार आजै मात्रै प्याज बोकेको २ वटा कन्टेनर नेपालतर्फ प्रवेश गरेको बताए ।चीनबाट प्याजको आयात सुरु हुने बित्तिक्कै अहिले बजारमा देखिएको प्याजको महँगी नियन्त्रण हुने व्यवसायीहरुको दाबी छ । बजारमा प्याजको हाहाकार भएर मूल्य दोब्बर भएको थियो । यस अघि प्रतिकिलो १०० रुपैयाँ खुद्रामा पाइने प्याजको मूल्य बढेर २ सय रुपैयाँ पुगेको थियो।

© 2026 esewanews.com.np All rights reserved.