Esewanews

खाणलाई ३० लाख धरौटीमा छोड्न उच्च अदालत पाटनको आदेश।

Author Esewanews शुक्रबार, २९ मंसिर २०८०

views
खाणलाई ३० लाख धरौटीमा छोड्न उच्च अदालत पाटनको आदेश।

नेपालपाटनमा रहेको उच्च अदालतले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश कृष्णराम कोइरालाले फैस्लाले उनलाई ३० लाख धरौटीमा छोड्न बिहीबार आदेश दिएको हो । यसअघि न्यायाधीशहरूबीच राय बाझिएको थियो।उच्च अदालत पाटनले खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी धरौटीमा छाड्न आदेश गरेको हो । उच्च अदालत पाटनले गत १५ मंसिरमा न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छोड्नुपर्ने भनी राय दिएका थिए भने न्यायाधीश प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए।

© 2026 esewanews.com.np All rights reserved.