Esewanews

बैतडीमा एक महिलाको हत्या।

Author Esewanews बुधबार, २७ मंसिर २०८०

views

नेपालबैतडीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ। सुर्नया गाउँपालिका३ बिजुल गाउँकी ५७ वर्षीया हरिना विष्टको मंगलबार दिउँसो धारिलो हतियार प्रहारबाट हत्या भएको प्रहरी अधिकारीहरुले जनाएका छन्। प्रहरी अधिकारीहरुका अनुसार स्थानीय २७ वर्षका तेजबहादुर विष्टले धारिलो हतियार प्रयोग गरेर हरिनाको हत्या गरेका थिए। प्रहरीले तेजबहादुरलाई मंगलबार दिउँसो नै पक्राउ गरेको छ।

© 2026 esewanews.com.np All rights reserved.