Esewanews

मुस्ताङबाट यस बर्ष ४९ करोडभन्दा बढिको स्याउ निकासी।

Author Esewanews शनिबार, २३ मंसिर २०८०

views
मुस्ताङबाट यस बर्ष ४९ करोडभन्दा बढिको स्याउ निकासी।

नेपालमुस्ताङबाट यस वर्ष ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको बताएको छ।यस बर्ष जिल्लाभर चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो जस मध्ये चार हजार चार सय ७७ दशमलव पाँच मेट्रिक टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको जानकारी प्राप्त भएको छ।मुस्ताङमा एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएका स्याउका बोटले उत्पादन दिने गरेको छ। 

© 2026 esewanews.com.np All rights reserved.