Esewanews

रुसी सेनामा नेपालीलाई पठाउने केही मानव तस्कर पक्राउ।

Author Esewanews बिहिबार, २१ मंसिर २०८०

views

नेपालनेपाली युवालाई रुसि सेनामा भर्ती हुन पठाएको आरोपमा नेपाल प्रहरीले १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।जिल्ला प्रहरी परिसर, काठमाडौंले नेपाली युवालाई भारत, यूएई हुँदै रुससम्म पुर्‍याएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरी अधिकारीहरुले बताएका छन्।पक्राउ परेकाहरु मध्य सुजाता दाहालको साथबाट २७ र ईश्वर अधिकारीको साथबाट १६ वटा गरेर ४३ वटा राहदानीसमेत प्रहरीले बरामद गरेको छ। अनुसन्धान अधिकृतहरुका अनुसार, सुजाताले रुस पठाउन भिसा प्रोसेसिङका लागि मात्र आफूले सहयोग गर्ने गरेको बयान दिएकी हुन।पक्राउ परेका मध्य उदयपुर कटारिका हरि बहादुर बिश्वकर्मा मुख्य आरोपि भएको प्रहरीको बुझाइ छ। प्रहरी अधिकारीहरुका अनुसार हरी बहादुर बिश्वकर्माले दुइ पटक गरेर १८ जनालाई रुस पठाएको बयान दिएका थिए। हरिबहादुर पूर्वसैनिक समेत हुन् । उनले मेनपावर कम्पनी चलाउँदै आएका थिए। सामाजिक सञ्जाल मार्फत ७ लाख जति खर्च हुने र मासिक २ लाख रुपैयाँ कमाइ हुन्छ भनेर प्रचार समेत गर्ने गरेको भेटिएको छ। पक्राउ पर्नेहरुमा काठमाडौं, जोरपार्टीका सन्तोष रोका, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका मनिष न्यौपाने, काठमाडौं१६ का रोजल महर्जन, बुढानीलकण्ठका क्षितिज गिरी, सिराहाका दिपेन परियार, काभ्रेका सुवास लामा र चितवनका गोकर्ण अर्याल बाराका सन्तोष नेपाल र दाङका द्रोण डाँगी पनि पक्राउ परेका छन् । प्रहरी अधिकारीहरुका अनुसार सम्पर्कमा आएका युवाहरुको कागजात एजेन्टले संकलन गरेर ५/१० जनाको समूह बनाएर भिसा प्रक्रिया थाल्ने गरेका थिए।रसिया पुगेकामध्ये दुई जना युवा फर्किएर नेपाल आएका छन्। उनीहरु प्रहरीको सम्पर्कमा भएपनि जाहेरी नदिँदा कानुनी प्रक्रिया जटिल बनेको छ । प्रहरी अधिकारीहरुका अनुसार उनीहरुलाई गिरोहका सदस्यले पैसा फिर्ता दिएपछि जाहेरी दिन मानेका छैनन्।थप पीडितहरुलाई सम्पर्क गरिदिन समेत जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुरोध गरेको छ। 

© 2026 esewanews.com.np All rights reserved.