Esewanews

सोती घटनामा संलग्न २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमको जन्मकैदको फैसला।

Author Esewanews बुधबार, २० मंसिर २०८०

views
सोती घटनामा संलग्न २३ जनालाई  जिल्ला अदालत रुकुम पश्चिमको जन्मकैदको फैसला।

नेपालनवराज विकसहित ६ जनाको हत्या प्रकरणका आरोपित २३ जनाला जन्मकैद सजाय भएको छ। रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले पुर्पक्षका लागि थुनामा रहेका २३ जनालाई जन्मकैद सजाय सुनाएको हो। आइतबार देखि मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो भने मंगलबार अन्तिम आदेश आएको हो। ३ जनालाइ जातीय छुवाछुत कसुरमा २ बर्षको कैद सजाय सुनाइएको छ। दोषिहरुबाट जनही ४० हजार रुपैया भराउने र उक्त रकम मृतकका परिवारलाई दामासाहीले दिने फैसला भएको छ।घटनाका आरोप लागेका ८ जनाले भने सफाइ पाएका छन्।

© 2026 esewanews.com.np All rights reserved.