Esewanews

सरकारले टिकटक बन्द पछि अन्य एपमाथि निगरानि बढायो।

Author Esewanews बिहिबार, १४ मंसिर २०८०

views

नेपालटिकटकमाथि प्रतिबन्ध लगाएको सरकारले अन्य एपमाथि पनि निगरानि बढाएको छ।सरकारले निगरानिमा राखेका एपहरुमा टेलिग्राम, स्नापच्याट लगायतका एपमाथि पनि निगरानी थालेको बताइएको छ। यस्ता एपहरुलाई नियमन गर्ने कि टिकटक जसरी बन्द गर्ने भन्नेबारे अध्ययन भइरहेको अधिकारीहरुले बताएका छन्।सामाजिक सद्भाव खलबल्याएको तथा पारिवारिक विचलन ल्याएको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।अधिकारीहरुका अनुसार विज्ञहरुको समूह नै बनाएर नेपालमा प्रयोगमा रहेका लाइकी, इमो, बिगो, टिन्डर, टनटन, बम्बल, टेलिग्राम, स्नापच्याट लगायतका सञ्जाल र एपहरुबारे अध्ययन भइरहेको छ। बिगो लाइभजस्ता लाइभ स्ट्रिमिङ एपमा विकृत क्रियाकपलाप मौलाएको तथा इमो, टेलिग्रामजस्ता म्यासेजिङ एपमार्फत आर्थिक तथा यौनजन्य अपराधका घटना समेत हुने गरेको ठहर छ।सरकारले हालै सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न तथा सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्ताको स्वनियमनलाई प्रवर्द्धन गर्न भन्दै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० ल्याएको छ ।

© 2026 esewanews.com.np All rights reserved.