Esewanews

होटेल क्यासिनो तथा रेस्टुरेन्टका मजदुरहरुको आन्दोलन गर्ने चेतावनि।

Author Esewanews बिहिबार, १४ मंसिर २०८०

views

नेपालकाठमाडौँमा होटेल क्यासिनो तथा रेस्टुरेन्टका मजदुरहरूले आफूहरूको न्यूनतम मासिक पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।सरकारले आफूहरूलाई तोकिदिएको मासिक पारिश्रमिक कार्यान्वयन गर्न ढिला गर्ननहुने उनीहरुको भनाइ रहेको छ। बुधवार नेपाल स्वतन्त्र होटेल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लक्ष्मण तिवारीले आफूहरूलाई सरकारको तोकेको न्यूनतम मासिक पारिश्रमिक अब पनि कार्यान्वयनमा नआएमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्।सरकारले न्यूनतम मासिक पारिश्रमिक १७ हजार ३ सय बनाएको छ।  

© 2026 esewanews.com.np All rights reserved.