Esewanews

भुकम्पपीडित जाजरकोट र रुकुम पश्चिममा चिसोले ज्यान गुमाउने १५ पुगे।

Author Esewanews बुधबार, १३ मंसिर २०८०

views
भुकम्पपीडित जाजरकोट र रुकुम पश्चिममा चिसोले ज्यान गुमाउने १५ पुगे।

नेपालजाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पका पिडीत मध्य चिसोले गर्दा थप दुई जनाको ज्यान गएको छ चिसोले मृत्यु हुनेमा नलगाड नगरपालिका८ सिमकी २५ वर्षीया सुत्केरी शर्मिला विक चदाराको शनिबार र  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका१ जंगलगाउँकी ६२ वर्षीया नन्दकली पुनको आइतबार मृत्यु भएको जानकारी प्राप्त भएको छ।हाल सम्म चिसोले ज्यान गुमाउने ीडितको संख्या १५ पुगेको छ १७ कात्तिकको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ६२ हजार घर भत्कीएपछि यहाँका बासिन्दा घरबाहिर अस्थायी त्रिपालमुनि बस्दै आएका छन् मंसिरको चिसो त्रिपालले थेग्न नसकेपछि भूकम्पपीडित बिरामी पर्न थालेका हुन। दुई जिल्लामा अहिलेसम्म १५ जनाले ज्यान नै गुमाएका छन् जाजरकोटमा १२ रुकुम पश्चिममा तीनजनाले ज्यान गुमाएका हुन्। चिसोका कारण थुप्रै पिडितहरु बिरामी परेका छन्।

© 2026 esewanews.com.np All rights reserved.