Esewanews

अराजक बन्दै राजाबादीहरु किसान नेता भीमदत्तको शालिक तोडफोड।

Author Esewanews आइतबार, १० मंसिर २०८०

views
अराजक बन्दै राजाबादीहरु किसान नेता  भीमदत्तको शालिक तोडफोड।

नेपालधनगढीमा किसान नेता शहीद भीमदत्त पन्तको शालिक तोडफोड गरीएको छ।शहिद भीमदत्तको शालिक तोडफोड गर्नेमा राजाबादी राप्रपाका नेता कार्यकर्ता भएको बताइएको छ।शालिक तोडफोड आरोपमा पक्राउ परेका १८ जनाको रिहाइको माग गर्दै राप्रपाले महेन्द्रनगर बजार बन्द गरेको छ।राजसंस्था पुनःस्थापनाको माग गर्दै शुक्रबार भएको प्रदर्शनका क्रममा स्थानीय भीमदत्त उद्यान (पार्क) भित्र प्रवेश गरेर शहीद पन्तको शालिक तोडफोड गरेको आरोपमा प्रहरीले राप्रपाका जिल्ला सचिव शिशिर थापासहितका १८ जनालाई पक्राउ गरेको थियो।गिरफ्तारहरुको निशर्त रिहाइको माग गर्दै राप्रपाले शनिबार महेन्द्रनगर बजार अनिश्चितकालीन बन्दको आह्वान गरेको हो। राप्रपाको बन्दका कारण कञ्चनपुर सदरमुकाम समेत रहेको महेन्द्रनगरको जनजीवन प्रभावित बनेको छ।

© 2026 esewanews.com.np All rights reserved.