Esewanews

नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा।

Author Esewanews बुधबार, १५ कात्तिक २०८०

views
नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा।

नेपालटी२० विश्वकप छनोट मंगलवार टियु मैदानमा भएको खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ।टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको थियो।नेपाललाई जिताउनका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे।मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए।ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए।अविनाश बोहराले ४ विकेट लिँदा मलेसियाले ९ विकेट गुमाएर १६५ रन बनाएको थियो।नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टिम ओमान बनेको छ।ओमानले मंगलबार बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो।पराजयसँगै सिंगापुर र मलेसिया भने बाहिरिएका छन् ।बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा हुनेछ।

© 2026 esewanews.com.np All rights reserved.