Esewanews

क्रकेट ट्वान्टी-२० विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा।

Author Esewanews शनिबार, ११ कात्तिक २०८०

views
क्रकेट ट्वान्टी-२० विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा।

नेपालकप्तान रोहितकुमार पौडेलको नेतृत्वमा ट्वान्टी-२० विश्वकप खेल्ने १५ सदस्यीय नेपाली राष्ट्रिय क्रकेट टिमको शनिबार घोषणा गरिएको छ।छनोटका खेल काठमाडौंमा सोमबारदेखि सुरु हुँदैछ।खेल दुई समुहमा हुनेछ।नेपाल समूह मा परेको छ र नेपालका प्रतिद्वन्द्वी मलेसिया, ओमान र सिंगापुर रहेका छन्।राष्ट्रिय क्रकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाइले घोषणा गरेको टिममा रोहितसँगै कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनास बोहरा, प्रतिश जीसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन्।बिश्वकप छनोट खेलमा कुल आठ टिमको सहभागिता रहेको छ र तिनलाई दुई समूहमा विभाजन गरिएको छ।छनोट खेलको शीर्ष दुई स्थानमा रहने टिम २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी-२० विश्वकप-२०२४ मा सहभागी हुन पाउने छन्।

© 2026 esewanews.com.np All rights reserved.