Esewanews

इजरेलमा १० नेपालीको मृत्यु ४ को उपचार हुदै ।

Author Esewanews सोमबार, २२ असोज २०८०

views
इजरेलमा १० नेपालीको मृत्यु ४ को उपचार हुदै ।

नेपालइजरेलस्थित नेपाली दूतावासलाई त्यहाँको प्रहरीले १० नेपाली विद्यार्थीको मृत्यु भएको जानकारी दिएको बताइएको छ।प्रहरीका अनुसार अझै एक जना नेपाली नागरिक हराइरहेको र चार जना घाइते भएको र दुई जना सुरक्षित रहेको दूतावासलाई जानकारी गराएको छ।मृतकहरूमा अधिकांश सूदुरपश्चिम प्रदेशका छन् भने एकजना कर्णाली र एकजना कोशी प्रदेशका पनि रहेका बताइएको छ।नेपालबाट बिद्यार्थीहरु लर्न एन्ड अर्नयोजना अन्तर्गत इजरेलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका थिए।मारिएका नेपालीहरू सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि गाजा नजिकै पर्ने दक्षिण इजरेलको किबुज अलुमीम क्षेत्रको एउटा फर्ममा कार्यरत रहेको बताइएको छ।इजरेलस्थित नेपाली दूतावासले आइतवार राति जारी गरेको वक्तव्य अनुसार सम्पर्कविहीन रहेका एकजना नेपालीको खोजीकार्य भइरहेको छ।शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको बताएको छ।हाल इजरेलमा ४ हजार ५ सय नेपालीहरू केयरगिभरको रूपमा कार्यरत रहेको र २६५ जना विद्यार्थीहरू रहेको बुझिन्छ।हालसम्म हमासको आक्रमणमा ६०० जना भन्दा बढी मारिएको इजरेलले जनाएको छ। त्यस्तै गाजामा ३७० भन्दा बढीको मृत्यु भएको खबर आएकाछन्।

© 2026 esewanews.com.np All rights reserved.