Esewanews

इजरेलले सीमा क्षेत्रका सहरहरू चौबीस घण्टाभित्र खाली गराउदै ।

Author Esewanews सोमबार, २२ असोज २०८०

views
इजरेलले  सीमा क्षेत्रका सहरहरू चौबीस घण्टाभित्र खाली गराउदै ।

नेपालप्यालेस्टिनी लडाकु समुह हमासले इजरेलमा आक्रमण गरेपछी दुइ पक्ष बिच भिषण संघर्ष चर्किएको छ।लडाइ चर्किदै गएपछी इजरेली सेनाले गाजाको सीमा नजिकका सहरहरूमा बस्ने सबै बासिन्दाहरूलाई चौबीस घण्टाभित्र त्यस क्षेत्रबाट अन्यत्र सारिने बताएको छ।प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको इजरेलले बताएको छ।गाजास्थित प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरेलले गरेको हवाई हमलामा तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र करिब दुई हजार घाइते भएको बताएका छन्।हिजबुल्लाह समूहले तीनवटा इजरेली चौकीमा रकेट आक्रमण गरेपछि इजरेली सेनाले लेबननमा पनि आक्रमण गरेको छ।इजरेलले उक्त आक्रमणमा आफ्ना कम्तीमा तीन सय नागरिकहरू मारिएको र एक हजारभन्दा बढी घाइते भएको बताएको छ।प्यालेस्टिनी र इजरेल बिच चलिरहेको लडाइले गर्दा संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को बैठक आइतवार आपत्कालीन बस्दै छ।गाजा नजिकैको इजरेली भूमिस्थित एउटा कृषि फर्ममा कार्यरत १७ जना नेपालीमध्ये तीन जना घाइते भएको र दुई जना सुरक्षित रहेको तर १२ जना सम्पर्कविहीन भएको बताइएको छ।केही नेपालीहरू पनि उक्त द्वन्द्वमा परेर हताहत भएको हुनसक्ने नेपालको परराष्ट्र मन्त्रालयको भनाइ छ। 

© 2026 esewanews.com.np All rights reserved.