Esewanews

४० वर्षअघि चोरिएको पुरातात्विक काष्ठ टुँडाल पेरिसस्थित लिलाम गृहमा ।

Author Esewanews शनिबार, २० असोज २०८०

views

नेपालपनौतीको विश्वेश्वर महादेव मन्दिरबाट करिब ४० वर्षअघि चोरिएको पुरातात्विक नारीशक्ति झल्कने काष्ठ टुँडाल क्रिष्टिजको पेरिसस्थित लिलाम गृहमा फेला परेको छ। चोरिएका/हराएका सम्पदाको खोजबिनमा सक्रिय अभियान लस्ट आर्टस् अफ नेपालका अनुसार, १७ औं शताब्दीको यो सम्पदा सन् २०१३ डिसेम्बर ११ मैं क्रिष्टिजमा बिक्री गरिएको पाइएको छ।सन् १९९० को दशकसम्म यही टुँडाल लन्डनस्थित एक निजी संग्रहकर्तामा रहेकोमा अहिले पेरिसमा फेला परेको बताइएको छ। यो टुँडालको सन् ७० दशकको सुरुवातमैं फ्रान्सको नेसनल म्युजियम तथा युनेस्को सम्बद्ध क्युरेटर गिस्ले हृयाभर्ट(१९३१२०२१)ले मूल तस्बिर खिचेका थिए।

© 2026 esewanews.com.np All rights reserved.