सुरक्षापरिषद् बैठकमा सेनालाई तयारी अबस्थामा रहन प्रमको निर्देशन।
Esewanews
|
बिहिबार, १८ असोज २०८०
नेपाल–देशमा धार्मिक
र साम्प्रदायिक असहिष्णुता सम्बन्धि गतिविधि बढ्न थालेपछि सरकारले कुनै पनि बेला
सेना परिचालन गर्नुपर्ने विषयमा छलफल गरेको छ।राष्ट्रिय सुरक्षा परिषद्को सिंहदरबारमा
बुधबार बसेको बैठकमा मुलुकमा भएका पछिल्ला गतिविधिबारे आवश्यक परे सेना
परिचालनसमेत गर्नुपर्ने विषयमा छलफल भएको अधिकारीहरुले बताएकाछन्। राष्ट्रिय
सुरक्षा परिषद् सचिवालय महासेनानी रामकाजी थापाले जारी गरेको प्रेस विज्ञप्तिमा
पनि धार्मिक र साम्प्रदायिक असहिष्णुता बढाउने गतिविधि लगायतका विषयमा छलफल भएको
उल्लेख छ।बैठकमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली
सेनाका सबै युनिटहरूलाई ‘स्टान्डबाई’ (उच्च सतर्क)
अवस्थामा रहन निर्देशन दिएको बताइएको छ।पछिल्लो केही दिनयता सुनसरीको धरान, सर्लाहीको
मलंगवा र बाँकेको नेपालगञ्जसहितका स्थानमा सुरक्षालाई चुनौती दिने गरी धार्मिक
तनाव बढ्दै गएपछि सरकारले शान्ति सुरक्षाका लागि सेनालाई अघि सार्ने तयारी गरेको छ।