Esewanews

पशुपतिमा जलहरी राख्दा डेढ किलो सुन हिनामिना भएको अख्तियारको ठहर।

Author Esewanews सोमबार, १५ असोज २०८०

views

नेपालपशुपतिनाथमा जलहरी राख्दा सुन हिनामिना भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्किालन सदस्य सचिव डा. प्रदीप ढकाल, तत्कालिन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा. मिलनकुमार थापा र कर्मचारी विशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले जलहरी राख्ने क्रममा करिब डेढ किलो (१ किलो ४९१.७१८) सुन हिनामिना भएको दावी गरेको छ।उक्त सुनको बजार मूल्य बराबरको रकम १ करोड १७ लाख रुपैयाँ हुन आउछ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १२ माघ २०७७ मा पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका बेला जलहरी फेरिदिने घोषणा गरेका थिए ।तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल नेतृत्वको पशुपति क्षेत्र विकास कोषको सञ्चालक समितिले गर्भगृहमा रहेको पुरानो जलहरीमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो।

© 2026 esewanews.com.np All rights reserved.