इन्द्र जात्राको अबसरमा काठमाडौं उपत्यका सार्वजनिक बिदा।
Esewanews
|
बिहिबार, ११ असोज २०८०
नेपाल–काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व
मनाइँदै छ।यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा पनि दिएको
छ।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाउने गरीन्छ।भाद्र शुक्ल द्वादशीका दिन
काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अडाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको
लिङ्गो ठड्याएपछि जात्रा सुरु हुन्छ।जात्रा अवधिभर विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ।बुधबार
कुमारीको पूजा गरिएको थियो।इन्द्र जात्राको अन्तिम दिन असोज १५ गते राति ८ बजेर ३७
मिनेटको साइतमा लिङ्गो ढालेपछि जात्रा समाप्त गरीन्छ।इन्द्र जात्राको प्रचलन
जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिन्छ।