Esewanews

गरीबको गित गाउने धनिको सेवा गर्ने मेयर साप।

Author Esewanews बिहिबार, ११ असोज २०८०

views
गरीबको गित गाउने धनिको सेवा गर्ने मेयर साप।

नेपालकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई चुनावी बाचा सम्झाउन महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडि उभिइरहेका अभियन्ता ईःलाई आन्दोलन बन्द गर्न भनेका छन्। मेयर शाहले आफूले माग पूरा गर्न नसक्ने भन्दै ईःलाई आन्दोलन बन्द गरी कानुनको पालना गर्न र कानुन पालना गर्नेहरूलाई अवरोध नगर्न भनेका हुन्।फुटपाथमा ब्यापार ब्यवसाय गरेर जिवन गुजारा चलाउने नागरीकहरुलाई बिना बिकल्प लखेटेर मान्छेको बाँच्न पाउने अधिकार समेत हनन् गरेको भन्दै उनिहरुको उचित ब्यवस्थापन गर्नु पर्ने भनेर ईःअभियन्ताहरु यतिवेला आन्दोलित छन्।तर मेयर शाह भने आन्दोलनका जायज माग पनि सम्वोधन गर्न तयार छैनन् बरु धम्किको भाषा र ब्यवहार प्रयोग गरेर कानुनको पाठ पढाइ राखेका छन्।मेयर शाहले भनेका छन् बिहान दुई घण्टा र बेलुका दुई घण्टा पनि बालबालिका हिँड्छन्, दृष्टिविहीन हिँड्छन्, गर्भवतीहरू हिँड्छन्, बिरामीहरू हिँड्छन् । त्यस्तै सोही समयमा आगलागीको घटना हुँदै नहुने होइन ।मानिसहरू बिरामी नपर्ने होइनन् ।त्यस्तो आपतकालीन अवस्थामा फुटपाथका पसल र ठेलाहरूले अवरोध गर्छन् ।यही कारणले सडक वा पेटीमा राखिने निर्माणका सामग्रीहरू पनि हटाइन्छन् ।यसैले कसैको निर्माणका लागि वा १००० व्यक्तिहरुको लागि ५० लाख जना हिड्ने अधिकार हनन् गर्न वा तिनलाई जोखिममा राख्न मिल्दैन,' उनले लेखेका छन् । फुटपाथका व्यापारीलाई हटाउन भनेर फोन आउने गरेको पनि शाहले उल्लेख गरेका छन् ।हाम्रो आग्रह छ, हजारौँ काठमाडौंवासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ती मानिसहरूप्रतिको अन्याय मात्र होइन, जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्यो भन्दा अलग्गै प्रयोजनका लागि प्रयोग गर्न नपाइने कानुनको समेत बर्खिलाप हुन जान्छकृपया, आन्दोलन बन्द गरेर नियम कानुनको पालना गर्नु र गराउन भनिदिनुहोला । हामीले कानुनको पालना गर्दा वा गराउँदा अवरोध नगरिदिनुहोला 

© 2026 esewanews.com.np All rights reserved.