Esewanews

हाइड्रोजन परीक्षणले नेपाली बैज्ञानिकहरुलाई जगाएको आसा।

Author Esewanews मङ्गलबार, ०९ असोज २०८०

views
हाइड्रोजन परीक्षणले नेपाली बैज्ञानिकहरुलाई जगाएको आसा।

नेपालपानीमा हुने हाइड्रोजन ग्यास बालेर खाना पकाउने परीक्षण नेपालमा सफल भएको छ।जसलाई ग्रिन हाइड्रोजन ग्यास पनि भन्ने गरीन्छ।काठमाडौँ बिश्वविद्यालय अन्तरगत नेपाली र युरोपेलि प्राविधिकहरुको सहकार्यमा करीव दुई बर्ष देखि गरेको उक्त कार्य सफल भएको हो।परीक्षण सफल बनेपछी नेपालको उर्जाक्षेत्रमा त्यसलाई नयाँ बिकल्पको रुपमा प्रयोग गर्न सकिने आशा जागेको परीक्षणमा सहभागीहरुले बताएका छन्।काठमाडौँ बिश्वविद्यालयको ल्यावमा यसै साता नयाँ प्रकारले बनाएको चुल्होमा हाइड्रोजनलाई इन्धनका रुपमा प्रयोग गरेर चाउचाउ पकाउन सफल भएको अनुसन्धानमा सहभागी बैज्ञानिकहरुले बताएका हुन।त्यो परीक्षण प्रारम्भिक चरणमै भएकाले त्यलाई ब्यावसायीक रुप दिन कैयौ नीतिगत र प्राविधिक काम बाँकी रहेको परीक्षणमा संलग्नहरुले औल्याएका छन्।हाइड्रोजनको प्रयोग बिशेषगरी लामो दुरीमा चल्ने तथा ठुला सवारीसाधनमा इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ।छोटो दुरीमा चल्ने साना सवारी साधनमा ब्याट्रीको रुपमा प्रयोग गर्न सकिन्छ।त्यस्तै खाना पकाउने एलपीजी ग्यासको सट्टामा इन्धनका रुपमा पनि प्रयोग गर्न सकिन्छ।रासायनिक मल बनाउन पनि सकिन्छ।यदी यसो गरीएमा नेपालको बैदेशिक ब्यापार घाटालाई धेरै कमगर्न सकिनेछ र देशको अर्थतन्त्रलाई बलीयो बनाउन सकिनेछ।

© 2026 esewanews.com.np All rights reserved.