Esewanews

नेपाल क्रिकेट संघको सचिवमा पुर्वकप्तान पारस खडका निर्वाचित।

Author Esewanews आइतबार, ०७ असोज २०८०

views
नेपाल क्रिकेट संघको सचिवमा पुर्वकप्तान पारस खडका निर्वाचित।

नेपालकाठमाडौ नेपाल क्रिकेट संघको सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन्।शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ल र पुर्वकप्तान पारस खडका बिच चुनावी प्रतिस्पर्धा भएको हो।कुल ८५ मतदाता रहेको क्रिकेट संघमा ७५ मत गनिसक्दा पारसले जितका लागि आवश्यक ४३ मत पाएका छन। पारसले ४३ मत पाउँदा प्रशान्तले ३२ मत पाएका छन्। यद्यपि मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन्।क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भइसकेका छन्।

© 2026 esewanews.com.np All rights reserved.