Esewanews

सरकार र आन्दोलित शिक्षक संगठन बिच बार्ता जारी।

Author Esewanews शनिबार, ०६ असोज २०८०

views
सरकार र आन्दोलित शिक्षक संगठन बिच बार्ता जारी।

नेपालकाठमाडौँ सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सिंहदरबार गृह मन्त्रालयमा वार्ता जारी छ। अधिकारीहरुका अनुसार गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता चलिराखेको छ।वार्तामा शिक्षामन्त्री अशोक राई, कानुनमन्त्री धनराज गुरुङ, शिक्षा सचिव सुरेश अधिकारीसहित गृह, अर्थ र कानुन मन्त्रालयका सचिवहरु पनि सहभागी छन्।शिक्षा बिधेयकमा भएका केही प्रवधान बिरुद्ध आन्दोलित शिक्षकहरुलाई बिहीबार सरकारले औपचारिक वार्तामा आउन महासंघलाई पत्राचार गरेको थियो।त्यसपछि सरकार र महासंघले वार्ता समिति बनाएका थिए।शिक्षकहरुका तर्फबाट नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधार, सहअध्यक्ष नानुमाया पराजुली लगायतका महासंघ पदाधिकारीहरु सहभागी छन् ।वार्तामा सहभागी अधिकारीहरुका अनुसार शिक्षकहरुसँग आज नै वार्ता सम्पन्न गरेर समझदारी कायम हुने दाबी गरेका छन्।

© 2026 esewanews.com.np All rights reserved.