Esewanews

उत्पादीत ड्रागनले बजार नपाउदा झापाका किसानहरु पिडामा।

Author Esewanews शुक्रबार, १९ साउन २०८०

views
उत्पादीत ड्रागनले बजार नपाउदा झापाका किसानहरु पिडामा।

नेपालझापामा ड्रागन फलको खेती गरेका किसान अहिले उचित मूल्य र बजार नपाएर निराश बन्न थालेका छन्।गौरीगञ्ज गाउँपालिका-२ मा नौ बिघा जमिनमा ड्रागन फलको खेती गर्दै आएका भूपेन्द्र थापा भन्छन्, ‘त्यत्रो लगानी र मेहनत गरियो अहिले उत्पादन बेच्ने बेलामा बजारमा दामै नपाएको गुनासो पोक्छन्।उनले १० हजार सिमेन्टका पिलरमा ४० हजार रातो ड्रागन फलको बोट हुर्काएका छन् । विगत दुईवर्ष अघि रोपिएका ती बोटमा अहिले राताम्य फल लागेर पाकेका छन् ।तर दाम भने प्रतिकिलो रु दुई सयदेखि तीन सयसम्ममा बेच्नु परिरहेको छ।थापाले सुमेरु कृषि फार्म प्रालि स्थापना गरी ड्रागन फलको व्यावसायिक खेती गरेका छन्। गतवर्ष बाटनै फार्ममा फल लाग्न थालेका थिए।यसपाली त लटरम्मै फलेका छन्।बुद्धशान्ति गाउँपालिका-१ मा ब्रह्याकमल बगैँचा कृषि फार्मका सञ्चालक कृष्ण पोखरेलले गत वर्षको तुलनामा आधा कम मूल्यमा ड्रागन फल बिक्री गरिरहेको बताए।उनले १० कठ्ठा जमिनमा खेती गर्दै आएका छन्। श्रमिकको ज्याला, मलखादको मूल्य लगायतको दाम बढिरहेको जनाउँदै किसानहरुले बजार र मूल्यको सुनिश्चितता नहुँदा ड्रागन खेतीमा लागेका किसानमा निराशा बढेको बताए।जिल्लामा ६० हेक्टर जमिनमा ड्रागन फलको व्यावसायिक खेती हुँदै आएको छ।आर्थिक वर्ष २०७७/७८ मा १५ हेक्टरमा भएको खेतीबाट एक सय ८० मेट्रिक टन ड्रागन फल उत्पादन भएको थियो।

© 2026 esewanews.com.np All rights reserved.