Esewanews

फुटपाथ ब्यवसायीहरुको नारा,गरिब होइन गरिबी हटाऊ।

Author Esewanews आइतबार, १४ साउन २०८०

views
फुटपाथ ब्यवसायीहरुको नारा,गरिब होइन गरिबी हटाऊ।

नेपालकाठमाडौं आफूहरुलाई गरिखान दिनुपर्ने माग गर्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर प्रदर्शन गरेका छन्।काठमाडौँ महानगरपालिकामा बालेन्द्र शाह मेयरमा निर्वाचित भएपछि फुटपाथमा ब्यापार गरेर गुजारा चलाई राखेका लाखौँ फुटपाथ ब्यवसायीहरुलाई बैकल्पिक ब्यवस्था बिना मेयर बालेनको आदेशमा उठिवास लगाईएको थियो। महानगरको ज्यादतिका बिरुद्ध निरन्तर आन्दोलित फुटपाथ ब्यवसायिहरु सयौंको संख्यामा भेला भएर शनिबार विभिन्न नारा लेखिएको प्लेकार्डसहित भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा रहेको महानगरपालिकाको कार्यालयबाहिर प्रदर्शन गरेका हुन्।आन्दोलन कारीहरुका अनुसार सडक व्यवसायीलाई पुनस्र्थापना गर्नुपर्ने, गरिबलाई काम गर्न दिनुपर्ने, गरिब होइन गरिबी हटाऊलगायतका नारा लेखेलेको प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

 

© 2026 esewanews.com.np All rights reserved.