Esewanews

राजश्व अनुसन्धान विभागको रेडी ट्रेडर्स सोह्रखुट्टेस्थित एक गोदाममा छापा।

Author Esewanews बिहिबार, ११ साउन २०८०

views
राजश्व अनुसन्धान विभागको रेडी ट्रेडर्स सोह्रखुट्टेस्थित एक गोदाममा छापा।

नेपालसुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिले पछिल्लो २ महिना भित्र आयात गरेको सबै ब्रेक शुभित्र सुन लुकाएर ल्याएको आशंका राजश्व अनुसन्धान विभागका अधिकारीहरुले गरेका छन्।राजश्व अनुसन्धान विभागले बुधबार काठमाडौंको सोह्रखुट्टेमा रहेको कम्पनीको गोदाममा छापा मार्दा थप ११ सय ६२ थान ब्रेक शु बरामद भएको छ।जसमध्ये प्रारम्भिक परीक्षणमा आधाभन्दा धेरै ब्रेक शु फुक्लिएको पाइएको छ।त्यसबाट तस्करले सुन झिकेर लगेको हुनसक्ने विभागको अनुमान छ।बरामद ब्रेक शु ल्याब परीक्षणका लागि भन्सार विभाग पठाइएको छ।गोदामबाट ब्रेक शुबाट सुन पगाल्ने उपकरण एक थान र सुन तौलिने तुलो समेत भेटिएको विभागका अधिकारीहरुले जनाएका छन्।

© 2026 esewanews.com.np All rights reserved.