Esewanews

सुन तस्करी गरेको आशंकामा एक चिनियाँ नागरिक पक्राउ।

Author Esewanews शुक्रबार, ०५ साउन २०८०

views
सुन तस्करी गरेको आशंकामा एक चिनियाँ नागरिक पक्राउ।

नेपालकाठमाडौँ सुन तस्करीमा संलग्न भएको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा बिहिबार एक चिनियाँ नागरिक पक्राउ परेका छन्। चीन उड्न लागेका ३६ वर्षिय जेक्यूयाङ लिनलाई अध्यागमनका कर्मचारीले नियन्त्रणमा लिएका हुन्। ७ महिना अघि उनी नेपाल आएको खुलेको छ। नेपालमा बसेर उनले सुन तस्करीको धन्दा चलाएको आशंका छ  उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको अधिकारीले बताए। उनी मंगलबार बरामद करिब एक सय केजी सुनको कारोबारसँग जोडिएको आशंका छ। मंगलबार हङकङबाट आएको स्कुटरको ब्रेक सु भन्दै भित्राइएको करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । उक्त सुन ल्याउने र ओसारपसार गर्ने कार्यमा संलग्न भएको आरोपमा भन्सार एजेन्टसहित ६ जना यसअघि पक्राउ परिसकेका छन् । थप अनुसन्धान अगाडी बढाइएको अधिकारीहरु बताउछन्।

© 2026 esewanews.com.np All rights reserved.