संयुक्त दलित संघर्ष समितिले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र।
Esewanews
|
सोमबार, २५ असार २०८०
नेपाल–काठमाडौँ संयुक्त राजनीतिक दलित संघर्ष समितिले गृहमन्त्री
नारायणकाजी श्रेष्ठलाई आइतबार एक ज्ञापनपत्र बुझाउँदै दलित समुदायमाथि बढ्दै गएको
हिंसाविरुद्ध उचित प्रशासनिक पहल लिन माग गरेको छ ।तातोपानी गाउँपालिका-४, जुम्लामा अन्तरजातीय प्रेम विवाह गरेको
आरोपमा दलित समुदायका मुकुन्द नेपालीको घरमा आगजनी हुनु, आरुघाट, गोरखाका सन्तोष नेपालीलाई अन्तरजातीय विवाहकै कारण जबरजस्ति
करणी मुद्दामा फसाइनु, भगवापुर, सिरहामा दलितहरू माथि धम्की र कुटपिट जारी रहनु तथा बैतडी, कास्की, रुपन्देही, दाङ लगायतका
जिल्लामा श्रीङखलाबद्ध भेदभावका घटना भैरहनुले संविधान र कानुनको उपहास भएको
जनाउँदै संघर्ष समितिले उपप्रधानमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको हो।