Esewanews

जातिय विभेद गरेको आरोपमा घरबेटी पक्राउ।

Author Esewanews आइतबार, १७ असार २०८०

views
जातिय विभेद गरेको आरोपमा घरबेटी पक्राउ।

नेपालदाङ कोठा भाडामा बस्ने व्यक्तिलाई दलित भनेर विभेद गरेको आरोपमा एक जना घरधनि पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा प्रहरीले घोराही उपमहानगरपालिका-१७ का ताराप्रसाद पोखरेललाई  पक्राउ गरेको हो । पोखरेलमाथि आफ्नो घरमा डेरामा बसेका अंगराज परियार र महेन्द्र बिश्वकर्मालाई जातकै आधारमा विभेद गर्दै कोठा छाड्न दबाव दिएको आरोप छ। पिडितका अनुसार  दलित भएको थाहा पाएपछि शुक्रबार पोखरेलले कोठा छाड्न दबाबव दिएका हुन् । भाडामा बस्ने परियार र विश्वकर्माले शुक्रबार नै प्रहरीमा उजुरी दिएपछि प्रहरीले पोख्रेललाई नियन्त्रणमा लिएको छ । प्रेस सेन्टर नेपाल र दलित पत्रकार संघले परियार र विश्वकर्मामाथि भएको घटनाको बिरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

© 2026 esewanews.com.np All rights reserved.