Esewanews

अमेरिकी विदेशमन्त्री पाँच वर्षपछि चिन भ्रमणमा ।

Author Esewanews सोमबार, ०४ असार २०८०

views
अमेरिकी विदेशमन्त्री पाँच वर्षपछि चिन भ्रमणमा ।

नेपालअमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कन चिन भ्रमणमा बेइजिङ पुगेकाछन् । बढदो चिन अमेरीका मतभेतका बिच पाँच वर्षमा अमेरिकी कूटनीतिज्ञको पहिलो चीन भ्रमण हो। अमेरिकी अधिकारीहरूले वार्ताको मुख्य लक्ष्य अत्यन्तै तनावपूर्ण भएको सम्बन्धलाई स्थिर बनाउनु रहेको बताएका छन्।अमेरिकी आकासमा एक सन्दिग्ध चिनियाँ जासुसी बलुनको उडान गरेको आरोपमा करिब पाँच महिनाअघि ब्लिङ्कनको भ्रमण स्थगित गरिएको थियो। अमेरिकी अधिकारीहरूले यस भ्रमणको उद्देश्य भनेको उच्चस्तरीय वार्ताका ढोकाहरूलाई पुनः खोल्नु र तनावपूर्ण बनेको सम्बन्धलाई स्थिर राख्नु रहेको बताएका छन्। उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई भेट्ने वा भेट्न नपाउने भन्ने स्पष्ट छैन। ब्लिङ्कनको भ्रमणको पहिलो र प्रमुख कुरा भनेकै अमेरिका र चीनबीच कुनै पनि प्रकारको कूटनीतिक अन्तरक्रियालाई पुनः स्थापना गर्नु हो। राष्ट्रपति बाइडनको कार्यकाल चीनसँगको असहज सम्बन्धसँगै सुरु भयो। त्यसको एउटा कारण उनले ट्रम्प प्रशासनले लागु गरेका व्यापार प्रतिबन्धहरूलाई हटाउने इच्छा नदेखाउनु पनि हो। त्यस्ता प्रतिबन्धका कारण चिनियाँ उत्पादनहरूले अमेरिकामा अरबौँ डलरको आयात शुल्क बेहोर्नु परेको छ। उन्नत कम्प्युटर तथा इलेक्ट्रोनिक्स प्रविधिमा अमेरिकी दबदबा कायम राख्ने प्रयासमा चीनमा अमेरिकी कम्प्युटर-चिप निर्यातमा प्रतिबन्ध लगाइएको छ। बलुन घटनापछि चीनले रुसलाई अस्त्र पठाउने विचार गरिरहेको र ती अस्त्रहरू तुरुन्तै युक्रेन विरुद्धको युद्धमा प्रयोग हुनसक्ने खबरहरू आएका थिए। त्यसवारे पनि बार्ताहुने आकलन गरिएको छ । ब्लिङ्कन सन् जनवरी २०२१ मा राष्ट्रपति जो बाइडनले पद सम्हालेयता चीन भ्रमण गर्ने उच्च अमेरिकी अधिकारी हुन्।

© 2026 esewanews.com.np All rights reserved.