Esewanews

राहदानी विभागले पासपोर्टको मूल्‍य घटायो ।

Author Esewanews शनिबार, ०२ असार २०८०

views
राहदानी विभागले पासपोर्टको मूल्‍य घटायो ।

नेपालकाठमाडौं राहदानी विभागले सेवाग्राहीलाई असार ३ गतेबाट लागू हुने गरी ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ।यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी आगामी आइतबारबाट ५ हजार रुपैयाँमा उपलब्ध हुनेछ । जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीको मूल्य सेवाग्राहीलाई ५ हजारमा उपल्बध गराउने निर्णय गरेको थियो ।यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट फ्रिक्वेन्ट फ्लायर (समयसमयमा विदेश गइरहने)लाई ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो भने सामान्यतया विदेश जाने सेवाग्राहीलाई विभागले ३४ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा दिँदै आएको थियो।

© 2026 esewanews.com.np All rights reserved.