Esewanews

मान्छेको मस्तिष्कमा चिप राखेर उपचार गरिने ।

Author Esewanews मङ्गलबार, ३० जेठ २०८०

views
मान्छेको मस्तिष्कमा चिप राखेर उपचार गरिने ।

नेपालइलोन मस्कको ब्रेन चिप कम्पनी न्यूरालिङ्कले आफूलाई अमेरिकाको फूड एन्ड ड्रग अड्मिनिस्ट्रेशन (एफडीए)ले मानव शरीरमा परीक्षण गर्नका लागि स्वीकृति दिएको बताएको छ।  एफडीएले एक दिन प्रविधिमार्फत् धेरै मानिसलाई मद्दत गर्न बाटो दिने भएकाले यसले एउटा महत्त्वपूर्ण पहिलो पाइलाको प्रतिनिधित्व गर्नेबताएको न्यूरालिङ्कले जनाएको भएपनि उक्त कम्पनीले आफ्नो अध्ययनको उद्देश्यबारे विस्तृत जानकारी दिएको छैन तर यसबारे थप विवरण छिट्टै उपलब्ध हुने उसको भनाइ छ। उक्त चिपले मानिसको मस्तिष्कसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने नयाँ तरिका बनाउन प्रयास गरिरहेको जनाएको छ। चिकित्सकीय उपचार सम्भव नभएका स्नायुप्रणालीसँग सम्बन्धित जटिल समस्या निराकरण गर्न न्यूरालिङ्कले सक्ने आशा गरिएको छ। त्यस्ता अवस्थामा पक्षाघातदेखि, अन्धोपन, डिप्रेशन र सिजफ्रीनिआसम्म पर्छन्।

© 2026 esewanews.com.np All rights reserved.