Esewanews

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ घाइते ।

Author Esewanews सोमबार, २२ जेठ २०८०

views
पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ घाइते ।

नेपालपाल्पाको रैनादेवी छहरा गाउँपालिका, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छ्न् । मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको पहिचान भने खुलेको छैन  सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको हो । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको अधिकारीहरुले जानकारी दिए । 

© 2026 esewanews.com.np All rights reserved.