Esewanews

भ्रष्टाचार मुद्दामा चुडामणि शर्मा दोषी ठहर ।

Author Esewanews शुक्रबार, १९ जेठ २०८०

views
भ्रष्टाचार मुद्दामा चुडामणि शर्मा दोषी ठहर ।

नेपालकाठमाडौँ विशेष अदातलले सहसचिव चुडामणि शर्मासहितलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । कर फर्स्योट आयोगमा रहँदा अनियमितता गरेका भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो अख्तियारले कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि दोषी ठहर गरेको छ  चुडामणि शर्मासहित तीना जनाविरुद्ध गैरकानुनी सम्पत्तिमा सफाइ मिलेको छ । राजश्व चुहावटमा दोषी ठहर गरिएको हो । सजाय तोक्नका लागि जेठ २५ मा पेसी तोकिएको छ । मुद्दाका २ अभियुक्तलाई जरिवाना तोकिएको छ भने पाँच अभियुक्तले सफाइ पाएका छन् २०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले गठन गरेको कर फर्छ्योट आयोगले बक्यौता (नउठेको कर) का रूपमा रहेको ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी अर्ब ५४ करोड रुपैयाँ मात्रै असुल गर्ने निर्णय भएको थियो । त्यसवेला आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा आयोगमा सदस्यसचिवको हैसियतमा कार्यरत थिए सरकारले २०७१ माघ २२ मा राजपत्रमा सूचना प्रकाशित गरी गठन गरेको कर फर्छ्योट आयोग गठन गरेको थियो कर फर्छ्योट आयोगले करिब २१ अर्ब रुपैयाँ अनियमिततागरेको महालेखाको निष्कर्ष थियो आयोगबाट ३० अर्ब ५२ करोड रुपैयाँ फर्स्यौट अर्ब ५४ करोड रुपैयाँ मात्रै असुल गर्ने निर्णय भएको थियो आयोगमा हजार सय २६ वटा निवेदन परेकामध्ये हजार ६९ वटा निवेदनमाथि कारबाही गरी सम्झौता भएको थियो ४० अर्ब ८३ करोड रुपैयाँको बक्यौतामाथि निवेदन परेकामा ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट भएको थियो त्यसमध्ये अर्ब ५४ करोड रुपैयाँ मात्रै राज्यकोषमा आएको थियो फर्छ्योट भएकोबाट करिब ६९ प्रतिशत राजस्व राज्यकोषबाट गुमेको छ भने ३१ प्रतिशत मात्रै आम्दानी भएको थियो

© 2026 esewanews.com.np All rights reserved.