Esewanews

एमसीसी प्रसारण लाइन निर्माणमा ६ वटा भारतीय कम्पनीको मात्रै प्रस्ताव ।

Author Esewanews मङ्गलबार, ०९ जेठ २०८०

views
एमसीसी प्रसारण लाइन निर्माणमा ६ वटा भारतीय कम्पनीको मात्रै प्रस्ताव ।

नेपालदेशभक्त नेपाली जनताको ब्यापक बिरोध र असहमतिका बावजुत पनि संसदवादी राजनैतिक पार्टीहरुले संसदवाट पास गरेको, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अर्न्तगत बन्ने प्रसारण लाइन निर्माणका लागि ६ वटा प्रस्ताव परेका छन् । विश्वव्यापी रुपमा आह्वान गरिएको बोलपत्रमा प्रस्ताव गर्नेमा ६ वटा भारतीय कम्पनी रहेकाछन् । ति प्रस्ताव गर्ने कम्पनिहरु  मेगा इञ्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडको संयुक्त, कल्पतरु पावर ट्रान्समिसन लिमिटेड, केईसी इन्टरनेसनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एण्ड टर्बो लिमिटेड रहेको एमसीए नेपालले जनाएको छ  आगामी भदौ मध्यबाट परियोजना निर्माण समय सुरु हुँदैछ त्यसका लागि एमसीए नेपालले ठेक्का प्रक्रिया पूरा गर्न लागेको हो ।पूर्वतयारी अन्तर्गत अन्य काम सकिए पनि जग्गा मुआब्जा नटुंगिएको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालले बताएको छ । परियोजना अन्तर्गत विद्युत् प्रसारण लाइनले नेपालबाट भारतसम्म पूर्वाधार तयार गर्नेछ एमसीए नेपालका अनुसार ३१५ किमि लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइनअन्तर्गत ४०० केभी क्षमताका तीन वटा नयाँ सबस्टेसन निर्माण गरिनेछ काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र परासी गरी १० जिल्ला छोएर प्रसारण लाइन जाने र कतिपय जिल्लामा मुआब्जाको काम बाँकी रहेको एमसीए नेपालले जनाएको छ

© 2026 esewanews.com.np All rights reserved.