Esewanews

शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाइ थप तीन दिन हिरासतमा राख्ने अनुमति ।

Author Esewanews सोमबार, ०८ जेठ २०८०

views
शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाइ थप तीन दिन हिरासतमा राख्ने अनुमति ।

नेपालकाठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले मंगलबारसम्म हिरासतमा राख्न अनुमति दिएको अधिकारीहरुले बताए  यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्वसभासद आङटावा शेर्पा, विचौलियाहरु केशव दुलाल, सानु भण्डारी, सागर शर्मा पोखरेल, गोविन्द चौधरी, सागर थुलुङ राई, सन्दीप रायमाझी, टंक गुरुङसहित १६ जना पक्राउ परेका छन्  यसअघि प्रहरीलाई अदालतले आइतबारसम्म मात्रै थुनामा राख्ने अनुमति दिएको थियो 

© 2026 esewanews.com.np All rights reserved.