Esewanews

नागरिक उन्मुक्ति पार्टीले आन्दोलनको घोषणा गर्‍यो ।

Author Esewanews बिहिबार, ०४ जेठ २०८०

views
नागरिक उन्मुक्ति पार्टीले आन्दोलनको घोषणा गर्‍यो ।

नेपालकाठमाडौंमा नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको दोस्रो दिन पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्द सम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ। उसले भनेको छ यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुनेछौं । संघर्षका कार्यक्रम जेठ ३ ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । २०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा मधेश तथा थारुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न सरकारले लालको नेतृत्वमा गठन गरेको थियो । तर उक्त आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन । बिज्ञप्ति सहित ।


© 2026 esewanews.com.np All rights reserved.